मिरुनालाई आमाको सन्देश

छोरी मिरूना ……
     जेठ १९, २०७९

सन्चो  बिसन्चो सोधीन है। यसो दुईचार कुरो बुँदागत लेखी पठाउँ कि भनेर  मात्र हो ।

१. शहरमा र सामाजिक संजालमा उठेका केहि कुराहरू , निष्कर्षहरू र प्रश्नहरूले तिमीलाई अपठ्यारो पार्न खोजेको होला तर फिकर नगर ममीले बुझ्छु ।
सबैभन्दा धेरै आएको कुरो हो झापट चै नहान्नु  पर्ने ! सबैको निष्कर्ष पनि त्यही तर के पर्‍यो त्यति साह्रो र हातै चलाउनु पर्ने अवस्था आयो ?
त्यो  तिम्रो ममीलाई थाहा छ कि
महिलाहरू जब जब हिंसामा पर्छन त्यति बेला जस्तै बिद्वान भए पनि बिवेकले  काम गर्दैन। आँटिलोले  प्रतिकार गर्छन र आँट नपुग्नेले पिड़ा लुकाएर रूदै बस्छन त्यसैले त घटना पछी यसो गरे हुने त्यसो नगरे हुने भन्ने हाम्रो बिचारहरू काम लाग्दैनन् भन्ने कुरो । ‘ओ माई गड’ त्यतिबेला मैले त्यो भिडीओमा तिम्रो अनुहारमा मेरो ज्ञानी छोरी मिरूना होइन , आफ्नो स्वभिमानमा चोट पुगेर रन्थनिएको घाइते बाघीनी  देखेँ र मैले त सोचेको थिएँ त्यो लामाको दिन पुग्यो अब भनेर, तर तिम्रो स्वबिवेक कति चाड़ै कन्ट्रोलमा आएछ है !

२. दोस्रो कुरो हो माफी मागे पछी प्रहरीकोमा नलानु पर्ने नि भन्ने , तर मलाई थाहा छ तिमीले आज थानामा नलगेको भए फूर्पालाई छुटाउनु पर्ने थिएन र मिरूनालाई मिला पत्रको लागी पहल गर्नु पर्ने थिएन  उनिहरूले अनि झन ठूलो हङ्गामा गर्ने लाईसेन्स पाउने पक्का थियो । कम से कम यति अलिकती राहत चै फूर्पालाई छुटाउनुले गर्दा  नै पाएको हो तिमीले ठिक पो गरेछो छोरी  । अर्को त्यति बेला सबैको  दिमागमा पनि यो  कुरो भरिन्थ्यो कि आफै सजाय दिएर माफी दिने उनि को हो ? साँचै हो भने प्रहरीकोमा किन लगेन ? भन्ने कित्तामा सायद म लगायत  सबै  पुग्ने थियौँ   ।

३. अर्को डरलाग्दो कुरो हो सबैको दिमागमा एउटै प्रश्न छ सार्वजनिक ठाँउमा त्यसरी पबित्र बस्त्र लगाएको लामालाई किन झापट हान्यौ ? किन सबैको अगाडी लाजै मर्दो हुने गरी माफी मगायौ  ?
तर सबैले  भूल्यौँ कि त्यही पबित्र बस्त्र लगाएका लामाको पापी हातले पनि सोहि सार्वजनिक ठाउँमा मिरूनाको सबेदनशिल  अंगमा समातेर निचार्यो भन्ने कुरो त्यो पनि तिन-तिन चोटी तर मैले भूलिन छोरी । धन्न म पनि तिमीले झापट हानेकोमा र यसरी  आफ्नो करियर डुबाएकोमा बिस्मात मानेर थकथकाउने र कर्ण फूसफूस गर्ने आमा  परिन त्यसैले यो मानेमा तिमी भाग्यमानी हौ  छोरी।

४.अर्को कुरो लामालाई नेपाली बोल्न आउदैन पनि भन्दैछन कोही त ,तर भाषाले हात चल्ने होइन मुख मात्र हो भन्ने कुरो तिम्रो ममीलाई थाहा छ ।

५. अब मलाई थाहा छ तिमीले मुद्धा मिलाएकोमा नारीवादी भनौदा डलरप्रेमी सुन्दरीहरू बोल्न थाल्नेछन है नानी , तर तिनीहरू शहरमा तिम्रो ज्यान लिनेहरू उफ्रि रहेको बेला तिमी संग उभिनु आउने होइनन्  कि एउटा बन्द कोठामा छिरेर अब यो काण्डले कहिले डरलाग्दो रूप लिन्छ र घटना घट्छ अनि  म कसरी प्रस्तुत हुने भनेर ताना बाना बुनिरहेका हुनेछन ,धन्न तिमीले मध्यम बाटो अपनाएर आफ्नो ज्यान बचायौ छोरी ! अब  लेख्नेछन मिरूनाले हिंसाको बिरूद्ध उठेको कदम किन रोकिन् ? हामी थियौ नि तर मिलापत्र गरेछिन् भन्दै , तर फिकर नगर जे गर्यो ठिक गर्यौ तिम्रो ममी खुशी छु !

६. बरिष्ठ कलाकार,लेखक , समाजसेवीहरू पनि हेर र पर्खको स्थितीमा हुनुहुन्छ होला है। अहिले तिम्रो लागी बोली हाल्दा लेखी हाल्दा फेरी गाली खाईन्छ बेस्सरी । जतिले आँट गरेर लेखे नि सबै बाझ्दै उत्तर दिदा हैरान छन । महानायक केशमा राजेस हमाल नै महानायक हुन् तर बरिष्ठ दिदीको पक्षमा पनि वकालत गर्नु भ्यायौ त्यो बेला तर अहिले वहाँ हरूलाई पनि अप्ठ्यारो छ नानी झापट हान्ने त मुर्ख हो फेरी तिम्रो कुरो पत्याउनुलाई सिसिटिभी फूटेज छैन …. कोट्याएको वा निचोरेको ।
देख्नु भएको छैन कसरी बोलोस बिचराहरू । चलचित्र बोर्डले त कलाकारले गल्ती गरेको हो भन्दै माफी मागेको भिडिओ नै सार्वजानिक भएको देखे खै के हो थाहा भएन ।

७. अनि तिमी त भन्थौ बौद्ध धर्म भन्दा साँचो केहि छैन भनेर तर कति धेरै झुटको खेती भयो त, तिमीलाई फसाउने र लामालाई बचाउने यो खेलमा ? यहाँनेर चै मैले तिमीलाई अलिकती पत्याइन है छोरी माफ गर !

८. तिमीलाई ‘गो ब्याक’ भन्दै  कराउने देखी युके  फर्किनु  भन्न समेत भ्याएछन हगी ? तिनीहरूलाई भन्नु कि मेरो नेपालको सम्पतीहरू पुर्ख्यौली धरोहर र निशानीहरू मासेर ,नेपाली नागरिकता खोसेर ,बृटिशको सिटिजनशीप दिलाउने तागत छ भने लु राजी भन्नु हा नरिसाउनु बिचराहरू संग।  तर यूकेमा पनि खै सुरक्षित होला जस्तो लागेन एकजना बरिष्ठ पिपलपाते कि के भन्नेले त छुने मात्र होइन किस खाने कुरो सम्म गर्न भ्याएछन ! हुन त देशको होइन यहाँ आ-आफ्नो नेचर र संस्कारको कुरो हो , त्यसैले नेपालमा पनि सुरक्षित छौ आज ।

९.  बिस्तारै सत्य  कुरो खुल्दैछ ।बिस्तारै तिमीलाई पत्याउदै जाँदैछ , म देखी रहेछु तिम्रो निम्ती धेरै हातहरू ब्यस्त छन गलतलाई गलत हो भनेर लेख्न , धेरै मनहरू आतुर छन तिम्रो सहि निर्णयलाई अंगाल्न , थोरैको रिस र आवेगमा जलेर धेरैको आँट र साहसको प्रतिक बन्दैछौ छोरी ।
अस्तिनै फोनमा तिमीले कस्तो साह्रो पर्यो ममी एम ए को थेसिस सकाउन भनेर भन्दा मैले हास्दै भनेको कुरो थाहा छ छोरी ? “जब जिवनको (सोधपत्र )थेसिस लेख्न सुरू गर्नेछौ नि ,यी एम ए को थेसिस त खेलाईची लाग्छ भन्दा तिमीले रिसाउदै ,”हे ममी जे मा पनि यस्तो अप्ठेरो कुरो नमिसाउनुन ” भनेको हैन ? हाहाहा
तर यो थेसिसमा चै
“किन लामाले त्यसो गरे ? भन्दा पनि किन लामालाई सजाय दिए भन्ने भूस भरियो नि आज हाम्रो दिमागमा !” भन्ने टपिकमा केहि शब्दहरू भर्नु है !
किनकी जिवनको थेसिसमा यति नै शब्दहरू भन्ने हुदैन। असिमीत अक्षर र शब्दहरू मिलेर मात्र थेसिस टुङ्गीन्छ  छोरी ।

ल त जोगीएर बस्नु ,जे कामको लागी त्यहाँ छौ पुरा गर्नु । आजलाई यति बाँकी भेटमा ।
उहि तिम्रो ममी
शशी थापा सुब्बा !
युके।

3 responses to “मिरुनालाई आमाको सन्देश”

  1. Keshab gurung Avatar
    Keshab gurung

    Don’t woory sasi didi hami miruna ko support ma chum ma Kathmandu bata..

    Liked by 1 person

    1. Bal kumari Gururng Avatar
      Bal kumari Gururng

      अति सत्य चाहि माइन भनेको मास्टर हो लामाको पोसाक मा भयपनि उस्को दिमाग मा सोचाइ फरक भयर गल्ति गरेको नै मलाइ लागो किनकि लामा आफैले बोलेको कुरा शुन्दा हिरोइन सङ फोटो खिच्दा को उसुक्ता लाइ बताइ रहेको देख्दा लामा भित्र लुकेको राक्षेसि पन पककै प्रयोग गरेकै देखे र छोरि ले उज्यालो ल्याउने अधेरो चिरने कोसिस गरेको भेटे सो उच्च शिर गरि सम्मान गर्दै आशिर्वाद भन्छु। किनकि बल्द्कार पछि मारियको चेलिको आन्दोलन गर्ने ले केहि गर्न नसकेको तर कसरि गर्ने भन्ने बादुरि को उदाहरण तिमिले दियको छौ education is way of the life भन्नेमा म सहमत छु । your educated people doing good well done Chhori we are ready to support don’t worries 🙌🙌💕💕

      Liked by 1 person

  2. Sasi di…sewaro..um yestai abuj nrpali mahila jo aile miruna birod gardaixa testa le garda aju nepali chelibeti…surakxya xoina..mirule j garyo ekdam sahi garyo hami mirunako suport ma xum di tapoi chinta na linuhos..l

    Liked by 1 person

Leave a comment

Design a site like this with WordPress.com
Get started